नियम २७
पुनरावेदन समिति
(१) ऐनको दफा ४८ बमोजिम पुनरावेदन गर्ने प्रयोजनको लागि देहाय बमोजिमका सदस्यहरू रहेको एक पुनरावेदन समिति रहनेछः- (क) पुनरावेदन अदालतको बहालवाला न्यायाधिश वा नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीको अधिकृत -अध्यक्ष (ख) नेपाल सरकारले तोकेको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको विशेषज्ञ अधिकृत -सदस्य (ग) कानूनको क्षेत्रमा अनुभव प्राप्त गरेका अधिकृत कर्मचारीहरूमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति -सदस्य

(२) मन्त्रालयले तोकेको अधिकृत कर्मचारीले पुनरावेदन समितिको सचिव भई काम गर्नेछ ।

(३) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि तथा अन्य व्यवस्था सोही समितिले निर्धारण गरे बमोजिम हुनेछ ।